KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जातीय विभेद अन्त्य भए पनि व्यवहारमा अझै हट्न सकेको छैन : मन्त्री लेखी

जातीय विभेद अन्त्य भए पनि व्यवहारमा अझै हट्न सकेको छैन : मन्त्री लेखी

कञ्चनपुर, चैत ७ गते । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखीले दलित समुदायमाथि हुने जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि व्यवहारमा भने अझै हट्न नसकेको बताएका छन् ।

५८औंँ अन्तर्राष्ट्रिय जातीय तथा रगंभेद उन्मूलन दिवस (मार्च २१, २०२३) को अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुप नपा ८, सप्तरीले मंगलबार आयोजना गरेको जातीय विभेदसम्बन्धी नीति र अभ्यासमा रहेको अन्तरविरोध विषयक अन्तरक्रियामा मन्त्री लेखीले सो कुरा बताएका हुन् ।

‘दलित, मुस्लिम, थारु, महिला र कर्णालीका पिछडिएका जनताका अधिकार सुनिश्चित गर्न विगत दुई दशकदेखि संघर्षरत छु’, मन्त्री लेखीले भने, दलित समुदायले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकालाई शिक्षित बनाउनु आवश्यक छ । दलित बालबालिका शिक्षित भएपछि मात्रै आफना अधिकारबारे कुरा उठाउन सक्छन् । म निर्वाचित भएको क्षेत्रका २५ वटै वडामा विकास निर्माण गर्दा दलितलाई पहिलो प्राथमिकतामा राखेर योजना छनोट गर्छु भन्दै मन्त्री लेखीले दलित समुदायलाई मूलधारमा नल्याएसम्म देश विकास नहुने पनि बताए ।

‘जातिवाद तथा रंगभेदविरुद्ध तत्काल संंघर्ष’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल भन्ने ठाउँमा स्थानीय काला जातिका जनताले रंगभेदी कानुनविरुद्ध गरेको आन्दोलनले मधेसी र दलित समुदायका लागि विशेष महत्व राख्ने बताए । उनले भने, ‘त्यहाँका जनता विशेषगरी काला जातिलाई सहर छिर्न अनुमति चाहिने कानुनविरुद्ध शान्तिपूर्ण विरोध प्रर्दशन गरेका थिए । त्यहाँको तत्कालीन बृटिस शासकले प्रदर्शनकारीमाथि गोली चलाउँदा ६९ जना अश्वेत नागरिकको मृत्यु भएको थियो, यहाँ त कानुनमा दलित अधिकार उल्लेख छ तर व्यवहारमा अधिकारका लागि आन्दोलनको खाँचो छ ।’

मधेसमा जनप्रतिनिधिहरुले नै खुलेआम जातीय विभेद गरे पनि राज्य मुकदर्शक भएको बताउँदै निर्देशक पासवानले राजनीतिक दल र कानुन कार्यान्वयन गर्ने निकायको नियत राम्रो नभएसम्म जातीय विभेद हट्न अझ बढी समय लाग्ने बताए ।

उनले भने, ‘राज्यले २०६३ साल जेठ २३ गते नै छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि कानुन कार्यान्वयन गर्ने जनप्रतिनिधि नै स्वंयम जातीय विभेदमा संलग्न हँुदासमेत कुनै कारबाही भएको छैन ।’

सार्पभिल घटनालाई स्मरण गर्दै संयुक्त राष्ट्र संघले उक्त घटना भएको दिन २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेपछि प्रत्येक वर्ष विश्वभर कार्यक्रम आयोजना हँुदै आएको पासवानले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपकुमार राय, कञ्चनरुप नपा ९ का वडाअध्यक्ष रामसुन्दर यादव, वडा नम्बर १ का वडाअध्यक्ष रब्बान खान, मञ्चका संस्थापक उपाध्यक्ष बच्चु सरबरिया, दलित समुदायका कार्यपालिका सदस्यहरुको संञ्जालका सप्तरी जिल्ला संयोजक अशोककुमार राम, सहसंयोजक राजेन्द्र विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति कञ्चनरुप नपाका रामदेश शर्मा खत्वे, जिल्ला सचिव सियाराम पासवान, कञ्चनरुप नपाका पूर्वकार्यपालिका सदस्य विमलादेवी दासलगायतले दलित समुदायमाथि अझै विभेद कायम रहेकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय सञ्ंजाल सप्तरी र नगरस्तरीय संयुक्त दलित संंघर्ष समिति, कञ्चनरुप नगरपालिका सप्तरीको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्लाभरीका दलित अगुवा,दलित समुदायका कार्यपालिका सदस्यहरु र अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सुरुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य शविदर्शन पासवानले गरेका थिए ।

Facebook Comment

Related Posts

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar