भारत २३ भादौ । युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताएका छन ।
भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी राख्नेछ । भारतले बुधबार सुरक्षा परिषद्को बैठकमा भने युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन, द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र इन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामर्थ्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक छ ।’
रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमन लगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ । एजेन्सी













