KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित अगुवाहरू निष्क्रिय : मन्त्री साह

दलित अगुवाहरू निष्क्रिय :  मन्त्री साह

कञ्चनपुर (सप्तरी), भदौ १७ . मधेस प्रदेशका समाजिक विकास मन्त्री तथा दलित विकास समितिका अध्यक्ष नवलकिशोर साहले प्रदेश सरकारले दलित समुदायका लागि छुट्याएको बजेटसमेत खर्च हुन नसकेको बताए । सरकारले दलित विकासका लागि चालु आर्थिक वर्षमा ४ करोड ८० लाख रुपियाँ छुट्याए पनि गत आर्थिक वर्षमा विनियोजित धेरै रकम खर्च नभई फ्रिज भएको जानकारी दिए । दलित अगुवाहरू चाहिने जति सक्रिय नभएकै कारण यस्तो अवस्था सिर्जना भएको भनाइ उनको थियो ।
‘दलित अधिकार ः सबैको सरोकार’ नाराका साथ दलित सरोकार मञ्चद्वारा आयोजित मधेस प्रदेशस्तरीय दलित अगुवा सम्मेलनका क्रममा उनले यो धारणा राखेका हुन् । मधेस प्रदेशका ८ वटै जिल्लाका दलित अगुवा÷अधिकारकर्मीलगायत सहभागी भेलामा उनले थपे– दलित समुदायका लागि केही भएन भनेर गुनासो गर्नु भन्दा छुट्याएको बजेट खर्च कसरी सदुपयोग गर्ने भन्नेबारे ध्यान दिनु आवश्यक छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ११ स्थित बेङ्ग्रीमा आयोजित कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उनले मधेस प्रदेश सरकार अरू प्रदेश भन्दा दलितलाई अधिकार उपलब्ध गराउने विषयमा बढी जिम्मेवार रहेको दाबी पनि गरे । दलित सशक्तीकरण ऐन निर्माण यसको प्रमाण भएको पनि उनले बताए ।
करिब १०० जना दलित अगुवा सहभागी उक्त कार्यक्रममा डा. विजयप्रसाद मिश्रले दलित विकास समितिको दीर्घकालीन रणनीतिपत्रबारे कार्यपत्र पेस गरेका थिए । उक्त कार्यपत्र सम्बन्धमा ८ वटै जिल्लाका प्रतिनिधिले समूहगत छलफल गरी सुझाव पेस गरेका थिए ।
उद्घाटन समारोहका सभापति तथा दलित सरोकार मञ्चका पूर्वकार्यकारी निर्देशक भोला पासवानले मधेस प्रदेशका दलित समुदायको समस्या समाधानका लागि सरकारलाई नीतिगत सवालमा सुझाव दिने उद्देश्यले कार्यक्रम आयोजना भएको जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा राष्ट्रिय योजना आयोग, मानव अधिकार आयोग, महिला आयोग, मधेसी आयोग जस्ता दलितका समस्यासँग सरोकार राख्ने संस्थाका पदाधिकारी निम्त्याएर छलफल गरिने बताए र थपे– यो सम्मेलनमा मन्थन भई निस्किएका निष्कर्ष नीति तथा कार्यक्रममा समावेश गराउन यी सरोकारित निकायका पदाधिकारीलाई लिखित अनुरोध गरिनेछ ।

कार्यक्रममा दलित विकास समितिका सदस्य श्याम सरदारले सिङ्गो प्रदेशका दलित अगुवाहरूलाई समेटेर यति महत्वपूर्ण विषयमा छलफल गराउनु प्रशंसनीय पहल भएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । त्यसैगरी दलित सरोकार मञ्चका संस्थापक अध्यक्ष युक्तिलाल मरिक, दलित अधिकारकर्मी पञ्चदेव खङ्ग, चन्देश्वर पासवान, लवकुश बैठा र तीर्थमाया खङ्गलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यो ३ दिनलाई सकेसम्म फलदायी बनाउन अनुरोध गरे ।

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar