काठमाडौं, ७ मङ्सिर। प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, स्वास्थ्य, आयुर्वेद, भूउपग्रह सञ्चार, सहरी विकास, निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा पशुपालन र मत्स्यपालनलगायत आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
प्रधानमन्त्री शाह नेतृत्वको टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए।














