KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

प्रदीप सम्राट, रौतहट । ०७ मङ्सिर । रौतहटको गरुडा नगरपालिका–२ गेँडहीगुठीस्थित गेँडहीगुठी माध्यमिक विद्यालयमा छात्र, छात्रा तथा अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टाछुट्टै शौचालय निर्माण कार्य भइरहेको छ। निर्माणाधीन संरचनाको गुणस्तर, अनुगमन तथा आयोजना सञ्चालन प्रक्रियालाई लिएर विभिन्न प्रश्न उठेपछि स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन, अभिभावक र सरोकारवालाले स्थलगत अवस्थाबारे स्पष्ट पारेका छन्।

सोमबार पत्रकारहरूको टोलीले विद्यालयमै पुगेर निर्माण कार्यको प्रगति, प्राविधिक पक्ष तथा अनुगमन प्रक्रियाबारे जानकारी लिएको थियो। सो क्रममा सम्बन्धित पक्षले निर्माण कार्य स्वीकृत योजना र प्राविधिक मापदण्डअनुसार भइरहेको दाबी गर्दै सार्वजनिक भएका केही विवरण वास्तविकतासँग मेल नखाने बताएका छन्।

गरुडा नगरपालिका–२ का वडा अध्यक्ष कृष्णनन्दन सहनीले शौचालय निर्माणबारे आफूलाई जानकारी नभएको भन्ने समाचारमा उल्लेखित विषयप्रति आपत्ति जनाउँदै आफू शिलान्यास कार्यक्रममा समेत सहभागी भएको स्पष्ट पारे। पत्रकारसँगको प्रारम्भिक संवादमा विषयवस्तु स्पष्ट रूपमा बुझ्न नसक्दा गलत अर्थ लाग्ने प्रतिक्रिया गएको हुन सक्ने उनको भनाइ छ। साथै, उक्त समाचार प्रकाशित हुनेबारे आफूलाई जानकारी नभएको पनि उनले बताए।

वडा अध्यक्ष सहनीका अनुसार विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा सम्बन्धित संस्थाले उल्लेखनीय सहयोग गर्दै आएको छ। संस्थाले हालसम्म करिब २५ लाख रुपैयाँभन्दा बढीका विभिन्न विकासात्मक काम गरिसकेको उल्लेख गर्दै उनले विद्यालयको अधुरो संरचना, निर्माणाधीन भवनको प्लास्टरलगायत बाँकी काममा समेत आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक मौजेलाल साहले विद्यार्थीको संख्या र आवश्यकतालाई मध्यनजर गर्दै शिक्षक, विद्यार्थी तथा वडा अध्यक्षको सुझावका आधारमा अपाङ्गमैत्री शौचालयसहित छुट्टाछुट्टै संरचना निर्माण भइरहेको बताए। राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (आरआरपीके) र वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँग सम्बन्धित संस्थाको सहयोगमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका गतिविधि सञ्चालन हुँदै आएको उनले जानकारी दिए।

निर्माण कार्य सुरु भए पनि आयोजना सम्बन्धी विवरण खुल्ने सूचना पाटी समयमै नराखिएको विषयमा प्रश्न उठेपछि विद्यालय प्रशासनले सम्बन्धित संस्थालाई बोर्ड राख्न आग्रह गरेको थियो। अहिले भने निर्माणस्थलमा आयोजनाको विवरणसहितको सूचना पाटी राखिसकिएको प्रधानाध्यापक साहले बताए।

निर्माणको गुणस्तर र पारदर्शिता कायम राख्न विद्यालय, शिक्षक, अभिभावक, स्थानीय समुदाय तथा विद्यार्थीको सहभागितामा अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए। समितिले समय–समयमा निर्माणस्थलको निरीक्षण गर्दै आएको र हालसम्म कुनै अनियमितता नदेखिएको उनको दाबी छ।

त्यस्तै, परियोजनाका इन्जिनियर मधुसूदन यादवले निर्माण कार्य स्वीकृत लागत अनुमान (इस्टिमेट) तथा निर्धारित प्राविधिक मापदण्डअनुसार भइरहेको जानकारी दिए। निर्माणमा प्रयोग भइरहेका सामग्री र कार्यप्रक्रियाको गुणस्तरमा आवश्यक ध्यान दिइएको उनको भनाइ छ।

उक्त शौचालय निर्माण आयोजना राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (आरआरपीके) मार्फत सञ्चालन भइरहेको हो। अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको परियोजनाको निर्माण जिम्मेवारी निराला निर्माण सेवा कन्स्ट्रक्सन कम्पनीले पाएको छ। विद्यालयका छात्र, छात्रा तथा अपाङ्गता भएका विद्यार्थीलाई समान रूपमा सहज र सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले संरचना निर्माण भइरहेको जनाइएको छ।

पर्वका कारण निर्माण कार्य केही समय प्रभावित हुनु र कर्मचारी अभावजस्ता कारणले आयोजना सम्बन्धी सूचना पाटी राख्न ढिलाइ भएको निर्माण पक्षको स्पष्टीकरण छ। यद्यपि अहिले उक्त समस्या समाधान गरी निर्माणस्थलमा बोर्ड राखिएको छ।

स्थलगत निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन तथा अभिभावकले विकास निर्माणका काममा प्रश्न उठाउनु स्वाभाविक भए पनि समाचार सम्प्रेषण गर्दा सम्बन्धित सबै पक्षको धारणा, स्थलगत अवस्था र प्रमाणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले तथ्यको पूर्ण पुष्टि नगरी एकपक्षीय रूपमा समाचार प्रकाशन हुँदा भ्रम सिर्जना हुन सक्ने भन्दै जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेका छन्।

निर्माणाधीन शौचालय सम्पन्न भएपछि विद्यालयका विद्यार्थीले सुरक्षित, स्वच्छ, मर्यादित तथा अपाङ्गमैत्री शौचालय सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Facebook Comment


Related Posts

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

पञ्चेश्वरसँगै सप्तकोशी र सुनकोशी परियोजनालाई गति दिने सहमति

पञ्चेश्वरसँगै सप्तकोशी र सुनकोशी परियोजनालाई गति दिने सहमति

ताजा समाचार

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar