काठमाडौं, ७ मंसिर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै विभिन्न समझदारी गरेका थिए। राष्ट्रपति मुर्मुसँगको भेटपछि उनी समकक्षीले आयोजना गरेको दिवा भोजमा सहभागी भएका छन्।
दुई दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।














