काठमाडौं, २३ कार्तिक । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहारबाट एक पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा ४० वर्षीय बुधराम सोरेन रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्रले टाउकोमा रड प्रहार गरेका थिए। गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि प्रहरीले सुनील मिश्रलाई पक्राउ गरेको छ भने फरार रहेकी कमलीको खोजी भइरहेको छ। हत्याको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।














