काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
नेपाली संस्कृतिमा कुकुरको निष्ठा, साहस र मानवप्रतिको समर्पणलाई सम्मान गर्दै कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए। उनीहरूले कुकुरलाई टीका र माला लगाएर पूजा गर्दै पशुप्रतिको प्रेम, सम्मान तथा संरक्षणको सन्देश दिएका थिए।














