जनकपुर, २१ कात्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पंकज महतोले दीपावलीका अवसरमा जानकी मन्दिर परिसरमा पटाका नपडकाउन सबैसँग आग्रह गरेका छन्।
उनले जानकी मन्दिर धार्मिक आस्था, संस्कृति र ऐतिहासिक सम्पदाको प्रतीक भएकाले यसको पवित्रता र गरिमा कायम राख्नु सबैको साझा दायित्व भएको बताएका छन्।
युवा तथा सर्वसाधारणलाई लक्षित गर्दै महतोले दीपावली पटाका पड्काएर नभई दीप प्रज्वलन गरी शान्तिपूर्ण र सभ्य तरिकाले मनाउन अपिल गरेका छन्।














