काठमाडौं, २१ कात्तिक । गृहजिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दीपावली शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ मञ्चमा भाषण नगरी बाहिरिएका छन्।
कार्यक्रममा सहभागी गुरुङले नेताहरू मञ्चमा बसेर भाषण गर्ने र कार्यकर्ताले सुन्नुपर्ने परम्परागत राजनीतिक शैली परिवर्तन गर्नुपर्ने धारणा राखे।
उनले भाषणभन्दा जनतासँग प्रत्यक्ष संवाद र उनीहरूका समस्या सुन्नु महत्वपूर्ण रहेको बताए। आयोजकले आफूलाई मञ्चमै सीमित गर्न खोजेपछि बाहिरिएको उनको भनाइ थियो।
मञ्च छाडेपछि गुरुङ हलभित्र पुगेर कार्यकर्तासँग हात मिलाउँदै दीपावलीको शुभकामना आदानप्रदान गरेका थिए।














