काठमाडौं, २२ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संवैधानिक निकाय र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले सरकारका पछिल्ला गतिविधिले मुलुकमा आन्दोलनको परिस्थिति सिर्जना गरिरहेको दाबी गरे। उनका अनुसार लुम्बिनी विकास कोषमा आवेदनसमेत नदिएका व्यक्तिलाई नियुक्त गरेर सरकारले स्थापित विधि र प्रक्रियाको उल्लंघन गरेको छ।
आफूहरू आन्दोलनको पक्षमा नरहेको स्पष्ट पार्दै उनले सरकारकै कार्यशैलीका कारण आन्दोलनको अवस्था उत्पन्न हुन सक्ने टिप्पणी गरे। सरकारले संवैधानिक निकाय र सञ्चार क्षेत्रको स्वतन्त्रता सम्मान गर्नुपर्ने उनको भनाइ थियो।














