काठमाडौं, २३ कार्तिक । अमेरिकाले इरानमाथि आर्थिक तथा व्यापारिक दबाब थप कडा बनाउन ‘टास्क फोर्स आइरन गेट’ पूर्ण रूपमा परिचालन गरेको घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौसेना नाकाबन्दी र नयाँ कार्यदलको सक्रियताले इरानको आयात–निर्यात गतिविधि लगभग ठप्प भएको दाबी गरेका छन्।
फ्लोरिडामा मुख्यालय रहेको उक्त कार्यदलले समुद्री मार्गसँगै इरानका स्थलमार्ग र क्यास्पियन सागर क्षेत्रका आपूर्ति सञ्जाललाई समेत निगरानी तथा लक्षित गर्ने बताइएको छ। तर इरानले अमेरिकी नाकाबन्दी असफल हुने भन्दै त्यसको विरोध गरेको छ।














