KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

जनकपुर, २० कात्तिक । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ६१ पालिकामा भूमिहीन नागरिकले जग्गा प्राप्तिका लागि एउटा पनि निवेदन दर्ता नगराएको तथ्य सार्वजनिक भएको छ । यसले विशेषगरी दलित समुदायका भूमिहीन नागरिक राज्यको सेवा र अधिकार प्राप्तिको प्रक्रियाबाटै बाहिर रहेको देखाएको छ ।

जनकपुरमा दलित सरोकार मञ्च, सप्तरीले पुरक एसियाको सहयोगमा आयोजना गरेको प्रदेशस्तरीय भूमि संवादमा प्रस्तुत तथ्याङ्कअनुसार मधेस प्रदेशका दलित समुदायमध्ये ४४ प्रतिशत भूमिहीन छन् । अध्येता रघुनाथ लामिछानेले करिब १३ लाख मधेसी दलितमध्ये झन्डै आधा भूमिहीन रहेको उल्लेख गर्दै जग्गा प्राप्तिका लागि प्रदेशभर जम्मा १६ हजार ६६७ जना दलितले मात्र आवेदन दिएको जानकारी दिए ।

उनले ६१ पालिकामा भूमिहीनको आवेदन नै नपर्नुको कारण खोजी गरी वास्तविक पीडितलाई न्यायको प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिए । सुकुमबासीको परिभाषा परिमार्जन, सूचना प्रवाह विस्तार तथा जग्गा प्राप्तिको प्रक्रिया सरल बनाउनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामाशीष यादवले भूमि अधिकारजस्तो महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक भएको बताए । नागरिकले आफूले निर्वाचित गरेका जनप्रतिनिधिसँग जवाफ माग्न सक्नुपर्ने भन्दै अधिकार प्राप्तिका लागि सम्बन्धित समुदायको सक्रियता पनि आवश्यक रहेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विजय मिश्रले भूमिहीनलाई उपयुक्त आवास उपलब्ध गराउनु मानव अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबै अवरोध हटाउनुपर्ने बताए ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका महासचिव फौदसिंह स्याङ्बाले प्रस्तुत तथ्याङ्कले वास्तविक समस्या उजागर गरेको भन्दै स्थानीय तहले इच्छाशक्ति देखाए भूमिहीनका धेरै समस्या समाधान गर्न सक्ने धारणा राखे ।

त्यस्तै, जसपा नेता चन्द्रेश्वर पासवानले भूमिहीनलाई जग्गा उपलब्ध गराउने विषय सबैको प्राथमिकतामा पर्नुपर्ने बताए । दलित विकास समिति मधेस प्रदेशका उपाध्यक्ष जितेन्द्र पासवानले नागरिकता अभावका कारण भूमिहीन दलितले भूमि प्राप्तिको संवैधानिक अधिकारबाट समेत वञ्चित हुन नहुने उल्लेख गरे ।

पूर्वमन्त्री शारदा थापाले आवास, पहिचान र रोजगारी सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउँदै भूमिहीनको समस्या समाधानमा बिचौलियाको प्रभावसमेत बाधक बनेको धारणा राखिन् ।

कार्यक्रम आयोजक दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले ६१ पालिकामा एकजना पनि भूमिहीनले आवेदन नदिनु गम्भीर विषय भएको बताए । समयमै समस्या पहिचान गरी पहल नगरे ठूलो सङ्ख्यामा दलित समुदाय राज्यबाट प्राप्त हुनुपर्ने अधिकारबाट वञ्चित हुने उनको भनाइ थियो ।

भूमि संवादमा दलित अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि तथा भूमि अधिकारकर्मीहरूले भूमिहीनको समस्या समाधानका लागि नीतिगत सुधार, प्रभावकारी सूचना प्रवाह र स्थानीय तहको सक्रियतामा जोड दिएका थिए ।

Facebook Comment


Related Posts

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

ताजा समाचार

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar