काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री सुरु गरेकचो छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरी बिक्री थालेको हो ।
राष्ट्र बैंकका अनुसार २.५ ग्राम तौलको सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै, १० ग्रामको चाँदीको मेडालियनको मूल्य ३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । निर्धारित मूल्यमा असर्फी र मेडालियन खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
तिहार नजिकिएसँगै सुन तथा चाँदीका सिक्का खरिद गर्ने सर्वसाधारणको बिहानैदेखि राष्ट्र बैंक परिसरमा भीड लागेको छ ।














