काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार नयाँ कार्यसमितिको विवरण बुझाएका हुन्।
कांग्रेसले नयाँ कार्यसमितिसँगै संशोधित पार्टी विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेज, समसामयिक प्रस्ताव तथा अन्य महत्त्वपूर्ण निर्णयसमेत अद्यावधिकका लागि पेस गरेको जनाएको छ।
यससँगै गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगमा आधिकारिक रूपमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।














