काठमाडौं, १५ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स विरुद्ध जनकपुर बोल्ट्सले १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै एनपीएलमा छैटौँ अर्धशतक पूरा गरे। अविशेक तिवारी २४ रनमा अविजित रहे भने मोइन अलीले २१ रनको योगदान दिए।
पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। मेहदी हसनले १ तथा मोहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान १ विकेट हात पारे।
१४८ रनको लक्ष्य पछ्याउँदै पोखराले अब जवाफी ब्याटिङ गर्नेछ।














