काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ।
शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले सरकारी निर्देशन पालना नगरेको र संस्थाको स्वीकृत विधानविपरीत गतिविधि गरेको भन्दै निलम्बनको निर्णय गरिएको जनाएको हो।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ अनुसार दिइएको निर्देशन उल्लंघन गरेकाले ऐनको दफा ६(२) बमोजिम कारबाही गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले निलम्बनपछि संस्थाको नाममा कुनै समूह वा गुटले गतिविधि सञ्चालन गरे गैरकानुनी हुने चेतावनी दिँदै त्यस्ता कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।














