काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
केन्द्रीय निर्वाचन समितिले सानेपामा आयोजना गरेको कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ गराएका हुन्।
असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै ६ हजार ५८४ मत प्राप्त गरेका थिए भने खड्गीले ३७५ मत पाएका थिए।
महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए। शपथ ग्रहणमा उपस्थित हुन नसकेका पदाधिकारी तथा सदस्यहरूलाई पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले भने जुममार्फत सहभागी हुने जानकारी गराएको उनले बताए।














