काठमाडौं, १२ कात्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठक बोलाएका छन्।
प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुने बताइएको छ। बैठकमा प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय हुने गर्छ।
यद्यपि, यसपटक बैठकमा कुन विषयलाई प्राथमिकतामा राखेर छलफल गरिने हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।














