काठमाडौँ, ४ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
उपराष्ट्रपति भवन, लैनचौरमा बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनले गुरु–पुरोहितबाट टीका ग्रहण गरेका हुन्।
त्यसपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका लगाइदिएका उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।














