काठमाडौं, ३० असोज । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले महोत्तरी र धनुषामा कार्यरत प्रहरी निरीक्षकसहित १५ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ।
महोत्तरीको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी तथा धनुषाको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक अरविन्दकुमार साहलाई उत्कृष्ट अनुसन्धान कर्ताको सम्मान प्रदान गरिएको हो।
अपराध नियन्त्रण, घटनाको अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न पुर्याएको योगदान र व्यावसायिक कार्यसम्पादनको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जनाइएको छ।
प्रहरी कर्मचारीको कार्यक्षमता र जिम्मेवारी प्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै प्रदान गरिएको सम्मानले संगठनमा थप उत्साह र व्यावसायिकता बढाउने अपेक्षा गरिएको छ।














