काठमाडौं, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको हो।














