काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ७ हजार ३९ मत खसेकोमा ५४ मत बदर भएको निर्वाचन परिणामले देखाएको छ।
थापालाई निर्विरोध सभापति बनाउने प्रयास भए पनि खड्गीले उम्मेदवारी कायम राखेपछि निर्वाचन भएको थियो। सभापतिका अर्का उम्मेदवार किशोरसिंह राठोरले भने थापालाई निर्विरोध बनाउने प्रयासस्वरूप उम्मेदवारी फिर्ता लिएका थिए।
महाधिवेशन अन्तर्गत अन्य पदाधिकारीको मतगणना भने सुरु हुन बाँकी रहेको छ।














