काठमाडौं, १३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार विदाइ भेट गरेका छन्।
उपराष्ट्रपति कार्यालयमा भएको भेटमा यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरे।
भेटमा यादवले हालैको बाढीका बेला भारतले गरेको मानवीय तथा विपद् सहयोगप्रति आभार व्यक्त गर्दै प्रभावित भारतीय नागरिक तथा पर्यटकका परिवारप्रति समवेदना प्रकट गरे। उनले विद्युत् व्यापार सम्झौता, द्विपक्षीय सहकार्य र विभिन्न संयन्त्रको सक्रियताबारे पनि चर्चा गरे।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध थप घनिष्ठ बनेको उल्लेख गर्दै नेपाल र नेपालीको सम्झना सदैव रहने बताए।














