सर्लाही, १३ असोज । अश्लील तस्बिर तथा भिडियो देखाएर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले बसबरिया गाउँपालिका–३ का शिवचरण मुखियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुखियाले एक महिलासँग भिडियो कल गरी त्यसलाई रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै ५० हजार रुपैयाँ मागेको आरोप छ ।
पीडितको जाहेरीका आधारमा पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत सात दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














