काठमाडौं, १३ असोज । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मुख्य निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयहरू
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला र बलेफीखोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरीका तालिम शिक्षालय र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने।
पशु, बधशाला तथा मासु जाँच ऐन–२०५५ संशोधन विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
संघीय निजामती सेवासम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ संशोधन विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिव र डा. जगदीश्वर कर्मचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा बढुवा तथा पदस्थापन गर्ने।














