काठमाडौं, १३ असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति दुई दिन पछि सारेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
भारी वर्षाका कारण केही स्थानमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएकाले महाधिवेशन सारिएको कांग्रेसले जनाएको छ। वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसके पनि केही क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन्।














