काठमाडौं, १३ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहेको बताएका छन्।
कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री शाहले बाढीपहिरो तथा विपद्का बेला भारतले गरेको सहयोगप्रति धन्यवाद दिँदै राजदूत श्रीवास्तवलाई आगामी यात्राका लागि शुभकामना दिए।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल -भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको उल्लेख गर्दै नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरे ।














