काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यूयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु संकटका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग साथमा रहेको बताए।
भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी विपद्पछि हिमताल फुट्ने जोखिम कायमै रहेको जानकारी गराउँदै नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणबारे छलफल गरेका थिए। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) बाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न सहयोग गर्न पनि आग्रह गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गुटेरेसले सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै नेपालसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताएका थिए।














