काठमाडौँ, २२ भदौ । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडेको खरानीका कारण आठ विमानस्थलमा उडान अस्थायी रूपमा बन्द हुँदा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन्।
जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित प्रभावित विमानस्थलबाट हुने १ हजार ५५८ उडान ढिला भएका छन्। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट सुरु भएपछि लाभाका फोहरा र शक्तिशाली आवाज सुनिएको थियो।
उडान प्रभावित हुँदा सिंगापुर, दोहा, सिड्नी र क्वालालम्पुर जाने–आउने यात्रु बढी प्रभावित भएका छन्। विमानस्थलहरू सोमबार बिहानसम्म बन्द रहने जनाइएको छ।














