काठमाडौं, २१ भदौ । अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानीका कारण जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ।
यातायात मन्त्रालयका अनुसार उडान प्रभावित हुँदा अन्तर्राष्ट्रियसहित २०९ वटा उडान स्थगित भएका छन्। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुँदा खरानी लाम्पुङ र बान्टेन प्रान्तसम्म फैलिएको छ।
खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने माछा मार्ने गतिविधिसमेत रोकिएको छ। अधिकारीहरूले भने तत्काल सुनामीको जोखिम नरहेको बताएका छन्।














