काठमाडौं, १८ भदौ । रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि बेपत्ता भएका दुई कर्मचारीको शव फेला परेको छ।
मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यका अनुसार आयोजनाको पेनस्टक पाइप क्षेत्रमा काम गरिरहेका कर्मचारीको शव भेटिएको हो। शवको सनाखत भने हुन बाँकी छ।
आयोजनामा अझै ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार गरिएको जनाइएको छ।














