काठमाडौं, १६ भदौ । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर वरपर रहेका हिमचट्टान भत्किने जोखिम अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार, जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीले निरन्तर अनुगमन र मूल्यांकन गरिरहेका छन् ।
ड्रोनबाट मंगलबार बिहान खिचिएको तस्बिरमा क्रेटरमा जम्मा भएको अधिकांश पानी निकास भइसकेको र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा रहेको देखिएको छ।
यस्तै, ग्यिरोङ साङ्पो नदी क्षेत्रमा पहिचान गरिएका १४ हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन नदेखिएको र ती स्थिर अवस्थामा रहेको जनाइएको छ।
तर क्रेटर आसपासका हिमनदी तथा हिमखण्ड भत्किएमा पुनः ठूलो जोखिम निम्तिन सक्ने भन्दै निगरानी जारी राखिएको छ।














