काठमाडौं, १६ भदौ । भोटेकोशी बाढीपछि रसुवाको श्रीनाथ गणबाहिर आफन्तको खोजीमा पीडित तथा परिवारजनको भीड बढेको छ।
बिभिन्न जलविद्युत् आयोजनाका सुरुङमा आफन्त फसेको भन्दै उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरिरहेका छन्।
नेपाली सेनाले उद्धार गरेका व्यक्तिलाई श्रीनाथ गणमा ल्याउने भएकाले आफन्तहरू उद्धारको खबर पर्खिंदै गणबाहिर बस्ने गरेका छन्।














