काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा गरिएको खोजीमा कोही पनि फेला परेनन्।
नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोन टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर निरीक्षण गरे पनि मानवीय उपस्थिति भेटिएन।
सुरुङभित्र मानिस नरहेको निष्कर्षपछि खोजी अभियान रोक्दै उद्धार टोली धुन्चे फर्किएको छ।














