काठमाडौं, १२ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरीका अनुसार अपराह्न ४ बजेसम्म रसुवासहित विभिन्न जिल्लाबाट ५४७ शव फेला परेका हुन्।
फेला परेका शवमध्ये चितवनमा २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ जना छन्।
प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा खोजी तथा उद्धार र अवरुद्ध सडक खुलाउने काम जारी राखेको जनाएको छ।













