काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार नुवाकोटमा ११, धादिङमा ९, रसुवामा १ र चितवनमा १ जनाको मृत्यु भएको छ। बाढी प्रभावित क्षेत्रबाट ६५ जना घाइतेको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ४३ जना रसुवा, १९ जना नुवाकोट र ३ जना धादिङका छन्। घाइतेमध्ये ६ जनालाई काठमाडौं र ३६ जनालाई धुन्चे लगिएको प्रहरीले जनाएको छ।














