काठमाडौं, १० भदौ । रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भन्सार जाँचपासका लागि पार्किङ गरिएका करिब ५०० नयाँ सवारीसाधन बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार भन्सार क्षेत्रमा ठूलो क्षति भएको छ र चीनबाट आयात गरिएका विद्युतीयलगायत नयाँ गाडीहरू बाढीमा बगेका छन्।
भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये करिब दुई दर्जन अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।














