सिरहा, ९ भदौँ । सिरहाको मिर्चैया नगरपालिका–५ पुरानो बजारस्थित एक घरमा आगलागी हुँदा करिब ३० वर्षीया विभा पूर्वेको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११:३५ बजे रञ्जितकुमार महतोको दुईतल्ले पक्की घरमा आगलागी भएको थियो। घटनाको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो। घरभित्र जलेको अवस्थामा विभाको शव फेला परेको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।














