काठमाडौं, ९ भदौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
त्यस्तै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यसूची पनि थियो। स्थगित भएका सबै कार्यसूची अर्को बैठकमा सारिएका छन्। प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।














