विराटनगर, ८ भदौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन । ५ सांसद तटस्थ बसेका थिए । कार्कीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका थिए ।
नेपाली कांग्रेसले भने बैठक बहिष्कार गरेको थियो । विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई पुनः प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त भएको बताएका थिए ।
उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।














