जनकपुर, ८ भदौ । मधेश प्रदेश सरकारले शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार मन्त्री फकिरा महतोले प्रहरीलाई हस्तान्तरण गरेका हुन्।
८ जिल्ला प्रहरी कार्यालय र ४ इलाका प्रहरी कार्यालयलाई गाडी उपलब्ध गराइएको छ। चन्द्रपुर, गरुडा, गोडैता र गडहिया इलाका प्रहरी कार्यालयले पनि सवारीसाधन पाएका छन्।
प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ।














