पोखरा, ६ भदौ । पोखरामा राति बसेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार बिहान टोलीसहित सरकारी गाडीमा मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका प्रधानमन्त्री शाहसँगै पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेसु’ पनि भ्रमणमा सहभागी छन्।
यसअघि पोखराबाट सेनाको हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी भए पनि प्रधानमन्त्री गाडीमै त्यसतर्फ गएका हुन्।












