बारा, ५ भदौ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध भएको छ ।
न्यायको माग गर्दै मृतकका परिवारले सडकमा धर्ना दिँदै आएका छन् । प्रशासनले स्थानीयसँग सहमति गरे पनि परिवारको अनुमति बिना गरिएको भन्दै मृतकका बाबु मनोज चौधरीले उक्त सहमति अस्वीकार गरेका छन् ।
चौधरीले गृहमन्त्री र कानुनमन्त्री घटनास्थलमा आएर कानुन संशोधनको प्रतिबद्धता जनाउनुपर्ने तथा दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रहरीले डीएसपी दिलीप क्षेत्रीलाई सरुवा गरेपछि स्थानीयसँग पाँचबुँदे सहमति गरेको थियो । प्रशासनले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेको छ ।
स्थानीयले भने सडक खुलाउनुअघि मृतक परिवारको सहमति लिनुपर्ने बताएका छन् ।














