काठमाडौं, ५ भदौ । बंगलादेशको संसद्ले सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी -बीएनपी-का नेता मिर्जा फखरुल इस्लाम आलमगीरलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ ।
प्रत्यक्ष मतदानमार्फत भएको निर्वाचनमा आलमगीरले २५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अवकाशप्राप्त कर्णेल ओली अहमदले मत पाए ।
आलमगीर पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक विरोधीमध्ये एक हुन् । सन् २०२४ को विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी छन् ।
बंगलादेशमा राष्ट्रपति पद मुख्यतः औपचारिक मानिए पनि प्रस्तावित राजनीतिक सुधारमार्फत राष्ट्रपतिलाई थप अधिकार दिने तयारी रहेको बताइएको छ ।














