काठमाडौं, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेशका जिल्लाहरूमा अधिवेशनको वातावरण बनाउन भदौ १० गतेपछि भ्रमणमा निस्कने भएका छन्।
रास्वपाले मधेश प्रदेशको अधिवेशन नगरी केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो। पर्सामा जिल्ला नेतृत्व चयन भए पनि मधेशका अन्य जिल्लामा विवादका कारण अधिवेशन हुन सकेको छैन।
लामिछानेले चितवनबाट पर्साको ठोरी हुँदै मधेशका विभिन्न जिल्ला पुगेर अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। पार्टीको निर्वाचन आयोगले पनि अधिवेशन हुन नसकेका स्थानमा प्रक्रिया सुरु गर्न परिपत्र गरिसकेको छ।














