काठमाडौं, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतअघि नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण र आगामी सरकार सञ्चालनबारे छलफल हुने भएको छ ।
त्यसपछि अन्य दलसँग पनि छलफल गर्ने तयारी छ । मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफलपछि मतदान हुने कार्यसूची छ ।














