KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मदरसा बन्द होइन, दर्ता र नियमन गर्न कप्तानगञ्ज प्रतिवेदनको सुझाव

मदरसा बन्द होइन, दर्ता र नियमन गर्न कप्तानगञ्ज प्रतिवेदनको सुझाव

काठमाडौं, २ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव, झडप र गोलीकाण्डबारे तयार स्थलगत अध्ययन प्रतिवेदनले सरकारलाई धार्मिक विद्यालयको नियमन, सीमा सुरक्षा मजबुत बनाउन तथा घटनाको निष्पक्ष छानबिन गर्न सुझाव दिएको छ ।

गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनपछि साउन १२ गते गृह मन्त्रालयका स्वकीय सचिव जेम्स कार्की र सुनसरी–४ का सांसद ई. दीपककुमार साहको टोलीले घटनास्थल पुगेर अध्ययन गरेको थियो ।

प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र -बालेन) शाह र गृहमन्त्री गुरुङलाई प्रारम्भिक अध्ययनका लागि पठाइएको छ । प्रतिवेदनअनुसार साउन १० गते साँझ बोलबम यात्राका क्रममा हिन्दु युवाले डिजे बजाउँदा मुस्लिम युवासँग विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि डिजे तोडफोड र झडप भएको तथा राति प्रहरीले हवाई फायर गरेपछि बत्ती निभेको अवस्थामा गोली चल्दा करिब १० जना हिन्दु युवा घाइते भएको उल्लेख छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रहरीको भूमिकामाथि उठेका प्रश्नबारे मोबाइल कल डिटेल, लोकेसन, सम्बन्धित व्यक्तिको बयान र डिजिटल प्रमाणबाट छानबिन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

साथै सीमावर्ती क्षेत्रमा रहेका मदरसा तथा अन्य धार्मिक विद्यालयको दर्ता, पाठ्यक्रम, शिक्षकको योग्यता, आर्थिक स्रोत र नियमित अनुगमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनले नेपाल–भारत खुला सीमाबाट हुने सम्भावित तस्करी तथा बाह्य तत्वको घुसपैठबारे सूक्ष्म अनुसन्धान गर्न र तत्काल …एकीकृत नागरिक शिक्षा तथा सामाजिक सद्भाव कार्यक्रमÚ सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

यसैगरी, घटनाअघि संवेदनशील स्थानबारे सुरक्षा निकायका अधिकारीलाई पूर्वसूचना दिइएको भनिए पनि त्यसअनुसार सुरक्षा योजना, जनशक्ति परिचालन र लिखित निर्देशन भए–नभएको समेत छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comment

Related Posts

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar