काठमाडौं, २ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारमै भएको हो । भारतीय सेना प्रमुख सेठ आइतबार नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।
सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरेका थिए । भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।














