काठमाडौँ, ३१ साउन । जनता समाजवादी पार्टी -जसपा- नेपालले लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा- नेपालसँग एकता गरेपछि २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
नयाँ संरचनामा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । ३३ सदस्यीय पदाधिकारीमा शरत्सिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेता छन्।
तीन महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र झा छन्। नयाँ कार्यकारिणी समिति २९ सदस्यीय बनाइएको छ । २७९ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट ११० जना सदस्य समेटिएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीच पार्टी एकीकरण भएको विदितै छ। दुवै पार्टीको केन्द्रीय समिति समायोजन भई पार्टी विधानको धारा–८७ को उपधारा (२) अनुसार निम्नबमोजिम केन्द्रीय समिति (महिला ३३ प्रतिशत र युवा ४० प्रतिशतको सङ्ख्या रहने गरी) गठन गरिएको छ।
पार्टी विधानको धारा–१३० अनुसार वरियताक्रम पछि तोक्ने गरी हाल वर्णानुक्रमानुसार नामावली राखिएका छन्।
केन्द्रीय समितिको प्रमुख नेतृत्व
- महन्थ ठाकुर — संरक्षक — महोत्तरी
- उपेन्द्र यादव — अध्यक्ष, केन्द्रीय समिति — सुनसरी
- शरत्सिंह भण्डारी — सह–अध्यक्ष — महोत्तरी
- रकम चेम्जोङ — वरिष्ठ नेता — धनकुटा
- उमाकान्त झा — उपाध्यक्ष — धनुषा
- गोविन्द चौधरी — उपाध्यक्ष — रौतहट
- जितेन्द्रप्रसाद सोनार — उपाध्यक्ष — बारा
- निलम वर्मा — उपाध्यक्ष — रौतहट
- परमेश्वर साह — उपाध्यक्ष — धनुषा
- राजकिशोर यादव — उपाध्यक्ष — सिरहा
- रेणु कुमारी यादव — उपाध्यक्ष — सप्तरी
- प्रकाश अधिकारी — महासचिव — सिरहा
- लालबाबु राउत — महासचिव — पर्सा
- डा. सुरेन्द्र कुमार झा — महासचिव — सिरहा
उपमहासचिव
- जयनुल राइन — महोत्तरी
- दीपक कार्की — धनुषा
- रामप्रकाश चौधरी — सर्लाही
- रानी कुमारी तिवारी — महोत्तरी
- राजकुमार राई — धनकुटा
- रेखा यादव — काठमाडौँ
- लीलादेवी सिटौला — झापा
सचिव
- अर्जुन थापा — धनकुटा
- उमेश यादव — सप्तरी
- अनिल कुमार सिंह — रौतहट
- उपेन्द्र महतो — सर्लाही
- कमरुद्दिन राई — बाँके
- मिना चौधरी — कैलाली
- रामप्रवेश बैठा — सर्लाही
- लाक्पा शेर्पा — सोलुखुम्बु
- शैलेन्द्र प्रसाद साह — सप्तरी
- सुनील लामा — काभ्रे
- सुरेश मण्डल — सिरहा
कोषाध्यक्ष : सुरिता कुमारी साह — महोत्तरी












